वीरगञ्ज नाका भएर नेपालद्वारा ४५ करोडको कुकुर बिरालोको खाना विदेश निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर चालु वर्ष ०७८÷७९ को पछिल्लो ११ महिनाको अवधिमा ४५ करोडभन्दा बढीको कुकुर बिरालोको खाना विदेश निर्यात भएको छ। नेपालले विदेशी मुलुकमा वीरगञ्ज भन्सार नाका भएर ११ महिनाको अवधिमा ४५ करोड ४ लाख ३७ हजार बराबरको कुकुर बिरालोको खाना विदेशमा निर्यात गरेको हो। यस अवधिमा नेपालले कुल ३ लाख २ […]

सम्बन्धित सामग्री

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

वीरगञ्ज नाकाबाट हुने कारोबार घट्दै

पर्सा – देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ। वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ। गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको […]

वीरगञ्ज नाकाबाट हुने कारोबार घट्दै

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने माल वस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ ।गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापन पत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम आर्थिक ११ हजार आठ सय ४८ प्रज्ञापन पत्रमात्र कारोबारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २

वीरगञ्ज नाका हुँदै एक वर्षमा ५९ अर्बको प्रशोधित तेल र पाँच अर्बको जुस निर्यात

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार नाका भएर ५९ अर्बभन्दा बढीको प्रशोधित तेल र पाँच अर्बभन्दा बढीको फलफूलको जुस निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ५९ अर्ब ९० करोड ९५ लाख ९१ हजार बराबरको प्रशोधित तेल निर्यात गरिएको छ। जसमध्ये सबैभन्दा […]

वीरगन्ज नाकाबाट नौ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि चैतसम्ममा रु ३१ अर्ब ७६ करोड ४६ लाख भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ३६ अर्ब ९४ करोड २१ लाख बढी अर्थात रु ६९ अर्ब ७० करोड ६७ लाखभन्दा

वीरगञ्ज नाका : आयातमा पेट्रोलियम पदार्थ र सवारीसाधनको वर्चस्व

वीरगञ्ज । आयात निर्यात परिमाणका हिसाबले मुख्य नाका वीरगञ्जबाट पेट्रोलियम पदार्थ र सवारीसाधन अधिक परिमाणमा भित्रिएको देखिएको छ । बितेको ६ महीनामा वीरगञ्ज भन्सार हुँदै आयातित वस्तुको मुख्य सूचीमा यस्ता वस्तुको वर्चस्व रहेको हो । भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि पुससम्मको अवधिमा आयातित मुख्य २० वस्तुको अग्रस्थानमा पेट्रोलियम पदार्थ र सवारीसाधन नै परेका छन् । वीरगञ्ज भन्सारले उठाएको राजस्वमा पनि यस्तै वस्तुको योगदान प्रमुख रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सारको कुल राजस्वमा पेट्रोलियम पदार्थ र सवारीका साधनको मात्रै करीब ६२ प्रतिशत योगदान देखिन्छ । पेट्रोलियम पदार्थको आयातबाट ३७ दशमलव ४ र सवारीसाधनबाट २४ दशमलव ४ प्रतिशत योगदान रहेको भन्सार प्रमुख पौडेलले जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालयले ६ महीनामा १ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो । यो नाकाबाट भित्रिएका मुख्य पाँच वस्तुमा क्रमशः डिजेल, जीप/कार भ्यान, पेट्रोल, मोटरसाइकल र एलपी ग्यास छन् । चालू आव पहिलो अर्धवार्षिक अवधिमा यो नाकाबाट ४४ अर्ब ४१ करोड रुपैयाँबराबरको ६ लाख १४ हजार किलोलिटर डिजेल भित्रिएको छ । यो परिमाण अघिल्लो आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा २२ प्रतिशत बढी हो । आयात सूचीको दोस्रो नम्बरमा परेको जीप/कार र भ्यानको आयात पनि ४३ प्रतिशतले बढेको छ । चालू आवको ६ महीनामै ४ अर्ब ९० करोड रुपैयाँबराबरको ४ हजार २९ ओटा यस्ता साधन भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । तेस्रो स्थानमा रहेको पेट्रोल २ लाख ५ हजार किलोलिटर आयात भएको देखिन्छ । पेट्रोल आयात परिमाणका हिसाबले अघिल्लो २५ प्रतिशत बढी हो । सरकारले विद्युत् खपत बढाएर एलपी ग्यासको आयात घटाउने बताइरहँदा यस्तो आयात पनि १५ प्रतिशतले बढेको छ । बितेको ६ महीनामा १ लाख ३७ हजार मेट्रिकटन एलपी ग्यास भित्रिएको देखिन्छ । वीरगञ्ज नाका पेट्रोलियम पदार्थ भित्रिने मुख्य नाका हो । कुल खपतको करीब आधा परिमाण यही नाकाबाट आउने भन्सार अधिकारीहरू बताउँछन् । मुख्य आयात सूचीको चौथो स्थानमा रहेको मोटरसाइकलको आयात भने घटेको छ । यो वर्षको शुरुआती ६ महीनामा मोटरसाइकलको आयातमा ३२ प्रतिशतले कमी आएको छ । विगतमा वीरगञ्ज नाकाबाट मोटरसाइकल भित्र्याउने केही आयातकर्ता अहिले भैरहवा भन्सारतिर गएकोले वीरगञ्जबाट आायात घटेको भन्सार अधिकारीहरूको दाबी छ । स्वदेशमै मोटरसाइकल एसेम्बल हुन थालेकाले पनि यस्तो आयात घटेको अनुमान उनीहरूको छ ।   यो ६ महीनामा अनएसेम्बल्ड मोटरसाइकलको आयात ८१९ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । गत आवको पुससम्ममा ८६८ ओटा यस्ता मोटरसाइकल आयात भएको थियो । अहिले यो संख्या ७ हजार ९७९ पुगिसकेको छ । यो नाकाबाट कोइला, मोबिल, हवाई इन्धन, अलकत्रा, फर्नेस आयल, बेस आयललगायत पेट्रोलियम पदार्थ भित्रिएको छ । सवारीसाधनतर्फ ट्रक, बस र डम्पर पनि उल्लेख्य परिमाणमा आयात भएको देखिन्छ । तयारी कपडा र अर्ध प्रशोधित तेल, फलामलगायत औद्योगिक कच्चा पदार्थ यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्ने भन्सारको तथ्यांक छ ।

वीरगञ्ज नाकाबाट बढ्यो फलफूलको जुस निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सारबाट फलफूलको जुसको निर्यात बढेको छ। ०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाका भएर फलफूलको जुसको निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। चालु वर्ष साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाका भएर नेपालबाट २ अर्ब ५८ करोड २१ लाख एक हजार बराबरको फलफूलको जुस निर्यात भएको हो। यस अवधिमा ३ करोड ४८ […]

वीरगञ्ज नाका भएर ५ महिनामा २ अर्बको फलफूल जुस निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर ०७८÷७९ को पहिलो पाँच महिनामा फलफूलको जुस निर्यात बढेको छ। चालु वर्षको साउनदेखि मंसिरसम्म वीरगञ्ज भन्सार नाका भएर दुई अर्ब २५ करोड २९ लाख एक हजार मूल्य बराबरको फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकले देखाएको छ। यस अवधिमा नेपालबाट विदेशमा ३ करोड दुई लाख ७८ […]

सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट

चालु आर्थिक वर्षको मङसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो ।यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ । चालु आवको मङसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्