तनहुँ – डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गए राति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।