८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षण उत्पादनका क्रममा थियो । ‘सबै उपकरण परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको छ,’ साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले भने ।