धनुषामा सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको राष्ट्रिय प्रसारण प्रणालीमा अपी पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने जनाइएको