काठमाण्डाै – काेराेनाको तेस्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले पालिकासँग समन्वय नगरेको काठमाण्डौ महानगरपालिकाले आरोप लगाएको छ ।
काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोराेनाकाे तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा जिल्ला प्रशासनले पालिकासँग कुनै प्रकारको समन्वय नगरेको बताउनुभएको हो । सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पालिकाको भए पनि सरकारले पछिल्लो समय कोराेनाको सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उहाँले बत...