काठमाण्डाै – सरकारले संसद्को प्रभावकारिता नचाहेको सांसदहरूले बताएका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसदहरूले सरकारले सदनलाई बिजनेस नदिएर संसद्को प्रभावकारिता नचाहेको बताएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदन चलाउने र फलदायी होस् भन्ने नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले संसद्लाई बिजनेस दिने र बिजनेस दिँदा अपर हाउस पनि चाहिन्छ, राष्ट्रिय सभा । त्यसको पनि अधिवेशन बोलाउनु पर्याे । विधेयकहरू लिएर आउनु प...