काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक तर्फको ५६ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
विजय कुमार ठाकुर र धिरेन्द्र ठाकुरको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, जनकपुरधाममा आवेदन पेस गर्नुपर्नेछ ।
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।
पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्तिहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने कम्पनीको भनाइ छ । तोकिएको अवधिमा के कति कित्ता वा मूल्यमा खरीद गर्ने हो त्यसको सम्पूर्ण विवरण खुलाई कम्पनी सचिवको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
फागुन १६, काठमाडौं । मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीले शाहको नाममा रहेको ७९ हजार १०० कित्ता विक्रीका लागि माघ ३ गते सूचना आह्वान गरेकोमा ७३ हजार ४५० कित्ता शेयरका लागि मात्र निवेदन आएकोले बाँकी रहेको ५ हजार ६५० कित्ता शेयर विक्रीका लागि पुनः सूचना प्रकाशित गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यायमा निवेदन दिन अनुरोध गरेको छ ।
माघ ३, काठमाडौं । मल्टीपर्पस फाइनान्सले ७९ हजार १०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको ७९ हजार १०० कित्ता शेयर विक्री गर्न लागेको जानकारी दिएको छ । उक्त शेयरको भाउ भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय राजविराज–४, सप्तरीमा निवेदन दिन अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै पनि संस्थापकबाट आवेदन नपरेमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।