माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ एप्लिकेसनबाट खाता खोल्न सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । साथै बैंकको मोबाइल बैंकिङ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न