नवलपरासी : युवाको शङ्कास्पद रुपमा ज्यान गएकाे भन्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

नवलपरासी - एक युवाको शङ्कास्पद तरिकाले ज्यान गएको भन्दै स्थानीयले नवलपरासीको इलाका प्रहरी कार्यालय घेरेका छन् । सयौँको सङ्ख्यामा बेलाटारी पुगेका स्थानीयवासीले आत्महत्या नभएर युवकको हत्या गरिएको भन्दै न्यायिक छानविन हुनुपर्ने माग गरेका छन्  । अस्ति आइतवारदेखि हराइरहेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ धर्माैलीका २३ वर्षका कौलेश कहांर हिजो खेतमा मृत अवस्थामा भेटिएका थिए । शव हेर्दा युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले बताउनुभ...

सम्बन्धित सामग्री

बस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बुटवलः बुटवलमा शनिबार दिउँसो भएको सडक दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। दुर्घटनामा गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङका १८ वर्षीय सुजन अर्याल र वडा नम्बर ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए। बुटवल उपमहानगरपालिका–१२ तामनगरमा पश्मिबाट बुटवलतर्फ आउँदै…

राप्ती नदीमा डुबेर एक युवाको मृत्यु

काठमाडौँ,३ फागुन । पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु […]

पाल्पामा डुबेर एक युवाको मृत्यु

पाल्पामा आज  डुबेर एक  युवाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ झिर बास बस्ने २७ वर्षीय वसन्त आलेको आफ्नै घर नजिकैको  पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीले घरदेखि करिब डेढ सय मिटर टाढा पोखरीमा डुबेर आज बिहान मृत्यु भएको  जनाएको छ ।  घटना बारे थप अनुसन्धान सुरु भएको छ ।

स्विमिङ पुलमा डुबेर युवाको मृत्यु

उद्देश्य विपरित सञ्चालित भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे । सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरित संरचना बनाएर होटल चलाइरहेको छ । होटलको सोही स्विमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्यु भएको हो ।

स्विमिङ पुलमा डुबेर युवाको मृत्यु

भैरहवा – उद्देश्य विपरित सञ्चालित भैरहवाको स्वमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे। सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता […]

दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

राँझा । बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगन्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । […]

उदयपुरमा तीन दिनदेखि बेपत्ता युवाको शव फेला

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिनदेखी बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय मनोज सदाको शब भेटिएको हो । उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदाको शब फेला परेको प्रहरीले जनाएको […] The post उदयपुरमा तीन दिनदेखि बेपत्ता युवाको शव फेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

पौडी खेल्दा बेपत्ता युवाको शव फेला

गुल्मी :  बुधबार खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव फेला परेको छ।जिल्लाको रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरी बडीगाड खोलामा पौडी खेल्दा डुबेर बेपत्ता भएका गिरीको शव बिहीबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।गिरीको शव छत्रकोट गाउँपालिका–५ को उल्लीखोला पुलदेखि करिब ५० मिटर पूर्वतर्फ बालुवामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरालले जानकारी दिए।गिरीको शवलाई घटनास्थलको मुचुल्का तयारपछि जोहाङ प

म्यादी प्रहरीको आकर्षण, भर्ना हुन युवाको घुइँचो

संखुवासभा : सरकारले स्थानीय चुनावको मिति घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ। छोटो अवधिका लागि मागिएको म्यादी प्रहरीमा आवेदन दिन संखुवासभामा पनि युवाको भीड लागेको छ।म्यादी प्रहरीमा आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै लाइनमा बस्नेको भीड हुन्छ। शैक्षिक योग्यता हुँदाहुँदै उपयुक्त रोजगारी नपाएका कारण ४० दिनकै लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन युवा तँछाडमछाड गरिरहेका छन्।स्थानीय निर्वाचनका लागि संखुवासभामा ९ सय ४४ जना म्यादी प्र

युवाको मृत्युपछि आन्दोलन चर्किदा वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेत : प्रहरीको कुटाईबाट युवकको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगरमा तनाव भएको छ । युवाको मृत्यु भएपछि आक्रोशित स्थानीयले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरी प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयमा पनि क्षति पुर्याउन सुरु गरेका छन् । नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बर ट्रकमा सुर्खेत आएका कालीकोटका युवा व्यापारी ३२ […]