म्यादी प्रहरीको आकर्षण, भर्ना हुन युवाको घुइँचो

संखुवासभा : सरकारले स्थानीय चुनावको मिति घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ। छोटो अवधिका लागि मागिएको म्यादी प्रहरीमा आवेदन दिन संखुवासभामा पनि युवाको भीड लागेको छ।म्यादी प्रहरीमा आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै लाइनमा बस्नेको भीड हुन्छ। शैक्षिक योग्यता हुँदाहुँदै उपयुक्त रोजगारी नपाएका कारण ४० दिनकै लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन युवा तँछाडमछाड गरिरहेका छन्।स्थानीय निर्वाचनका लागि संखुवासभामा ९ सय ४४ जना म्यादी प्र

सम्बन्धित सामग्री

म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण

रसुवा- म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाको आकर्षण बढेको छ । आगामी ३० बैशाखमा हुने  स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढेको हो ।  जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय ६३ जना म्यादी प्रहरीको माग गरिएको छ । म्यादी प्रहरी बन्नका लागि आइबारदेखि आवेदन खुला […]

म्यादी मोह ! (तस्बिरहरू)

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आजदेखि फाराम खुलाइएको छ । फाराम भर्न काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा युवाको भिड लागेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको हो । फाराम यही चैत १२ गतेसम्म...