उद्देश्य विपरित सञ्चालित भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे । सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरित संरचना बनाएर होटल चलाइरहेको छ । होटलको सोही स्विमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्यु भएको हो ।