प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्नो असक्षमता लुकाउन गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपालको पछिल्लो अर्थतन्त्रको अवस्थाबारे सरकारलाई यथार्थ जानकारी गराएपछि आफ्नो असक्षमता खुल्ने भयले सरकारले गभर्नरमाथि प्रहार गरेको प्रतिक्रिया दिए । ‘सरकारले आफ्नो असक्षमता लुकाउन र आर्थिक नीति तथा आफ्नो स्वार्थअनुसार काम गर्न नपाएपछि निलम्बन गरिएको हो भन्ने कुरा प्रस्ट छ’ उपमहासचिव रिमालले रातोपाटीसँग भने, ‘गभर्नर