मानव–इतिहासकै एउटा क्रूरतम अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएका छन् । यसै सन्दर्भमा लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ बजारमा आएको छ ।नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असर लैङ्गिक भेदभावका अनेक पाटोका रूपमा समाजमा अझै व्याप्त छन् । मैनालीको किताबले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ ।लेखक मैनाली भन्छन्, ‘मृतक पतिका नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट