पठन संस्कृतिलाई लिएर नेपालमा दुई खालका समस्या छन्— पुस्तकालय नहुनु र भएका ठाउँमा पनि पढ्नेहरूको कमी हुनु । नवलपुर प्रहरीले जिल्लाभरि शृङ्खलाबद्ध रूपमा चलाइरहेको ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत पङ्क्तिकारले डेढ साताअघि कावासोती नगरपालिकाका विद्यार्थीहरूसँग पठन संस्कृतिबारे अन्तरक्रिया गर्ने मौका पाएको थियो ।