काठमाण्डाै - झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ नामको किराबाट निस्कने कडा एसिडको सङ्क्रमण बढ्न थालेको छ ।
दमक अस्पतालका छालारोग विशेषज्ञ डाक्टर गुरु पौडेलले दैनिक ५० जनाभन्दा धेरै बिरामी ‘नाइरोबी फ्लाइ’ किराको एसिडका कारण सङ्क्रमण भएर उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार ‘नाइरोबी फ्लाइ’ बिटल्स प्रजातिको किरा हो ।
यो वर्षायाममा र पानी धेरै पर्ने ठाउँमा देखिन्छ । यी किरा सुन्तला र कालो रङ्गका हुन्छन् । डाक्टरहरुका अनुसार यो किराले टोक्ने गर्दैन, तर छालामा बसेको...