काठमाण्डाै – नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा यो जातको किरा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।
काठमाण्डौको सिभिल अस्पतालमा यो किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । दाहालका अनुसार गएको वर्ष पनि यो किराको सङ्क्रमणका कारण तीन/चार बिरामी भेटिएका थिए । यो किरा बाहिरबाट आएको नभई यहीँ उत्पादन भएको हो । य...