पोखरा । कास्की जिल्लामा गठन गरिएको तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा विलय भएको छ । कास्कीमा माधव नेपाल समूहले यसअघि राजनैतिक र व्यवसायीक पृष्ठभूमिका युवा नेता धनराज आचार्यको संयोजकत्वमा बनाएको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो । त्यसैगरी एमाले पोखरा महानगरमा बनेको समानान्तर कमिटी पनि एकीकृत समाजवादी पार्टी महानगर कमिटीमा रुपान्तरण भएको छ । यसअघि नै संयोजकको जिम्मेवारीमा रहेका आचार्य कास्कीका स्थापित व्यवसायी हुन् । उनी पृथ्वी नार