नेकपा एमालेमा हुँदा माधव नेपाल पक्षले बनाएका समानान्तर कमिटीहरू अब नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण गरिने भएको छ ।
दुई जिल्लासहित महानगर कमिटी समाजवादीका रुपान्तरण गरिसकिएको छ ।
एमालेमा हुँदा समानान्तर गतिविधि गरिरहेका झापा, मोरङ र विराटनगर महानगर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण गरिएको हो ।
मोरङमा चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो ।
नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा भएको बेला मोरङमा ३२५ सदस्यीय समानान्तर कमिट...