सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनका सभाकक्ष लगायतको शुक्रवार स्थलगत अवलोकन गरेका छन् ।
साउन ३ गते अपरान्ह ४ बजेबाट संसद् बैठक शुरू हुँदैछ । त्यसैको तयारी र स्वास्थ्य मापदण्डका विषयमा उनले अवलोकन गरेका हुन् ।
साथै संसद् बैठक तयारीका लागि आजबाट एन्टिजेन परीक्षण पनि शुरू भएको छ । सभामुखलगायत अन्य सांसदहरूको एन्टिजेन परीक्षण गरिएको छ ।