नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् ।