३० वर्षको जागिरे अवधिमा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले १७ वर्ष सादा पोशाकमै बिताए। महानगरीय अपराध महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोमा रहँदा उनी सफल अनुसन्धान अधिकृतका रूपमा दरिए। नेपाल प्रहरीकै इतिहासमा चर्चित रानीबारी हत्याकाण्ड र सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको अनुसन्धानमा उनले सफलता पाए।पछिल्लो समय नेपालमा अपराधका शैली फेरिँदै गएका छन्। यति मात्र होइन सीमित स्रोत साधनमा उच्चतम कार्य गर्नुपर्ने जिम्मेवारी प्रहरीमा थपिएको छ।