काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा सञ्चालित पसल तथा होटल हटाउन पुरातत्व विभागले आलटाल गर्दै आएको छ। पसल तथा होटल हटाउन काठमाडौं महानगरपालिकाले विभागलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नगरेको महानगरपालिका प्रहरी प्रमुख धनपति सापकोटाले बताए।सापकोटाले विभागलाई त्यस क्षेत्रमा रहेका पसल र होटलहरु हटाउन लिखित रुपमा आग्रह गर्दा पनि अहिलेसम्म नहटाइएको बताए। ‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्यौं‚' उनले भने‚