अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-२० क्रिकेट शृंखला दुई खेल अगाबै जितेको छ । तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउदै अष्ट्रेलियाले पाँच खेलको शृंखलामा ३-० ले कब्जा जमाएको हो । घरेलु मैदानमा १२२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्याे । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३९ रन, कप्तान आरोन फिन्चले ३५, तथा जोश इन्लिसले २१ रनको योगदान दिए ।यसअघि टस हातेर ब्याटिङ निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो