टी–२० क्रिकेट शृंखला : पपुवा न्युगिनीसँग हार्यो मलेसिया

काठमाडौं : त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ। पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले हराएको हो। मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो। मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए।उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कप्तान अहमद