इस्लामाबाद । पाकिस्तानमा तन्त्र विधिबाट उपचार गर्ने भन्दै एकजनाले गर्भवती महिलाको निधारमा किला ठोकेका छन् । निधारमा ठोकिएको पाँच सेन्टीमिटर लामो किलो निकाल्ने प्रयास असफल भएपछि ती महिला उपचारका लागि आफैँ पेशावर सहरको एउटा अस्पतालमा आइपुगेकी थिइन् ।
सुरुमा उनले डाक्टरहरूलाई निधारमा आफैँले किला ठोकेको भन्दै वास्तविकता लुकाउन खोजेकी थिइन् । तर, पछि...