काठमाण्डाै - निर्वाचन आयोगका अनुसार मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ ।
मतपत्रको छैटाैँ र सातौँ लाइनबाट दुई जना वडा सदस्य पदमा निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएकोमा त्यो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ ।
मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत सङ्केत गरेमा मत बदर हुन्छ । दुई वटा चुनाव चिह्न ...