नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गरेका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए । नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । नमूना मतदानमा ६१ जनाले मत दिएका &