बागलुङ : बागलुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ। गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकोमा अहिले मत बदर संख्या घटेर ४.५२ प्रतिशतमा झरेको छ।प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा खसेको एक लाख ५ हजार ८४६ मत मध्ये चार हजार ७८९ मत बदर भएको मख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए।भट्टका अनुसार अझै मत बदर संख्या घटाउने आयोगको तयारी भएपनि नागरिकको राजनीति प्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भए