जर्मनीले नेपाललाई १५ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । कोभ्याक्स सुविधामार्फत उक्त खोप बुधबार नेपाललाई दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले खोप हस्तान्तरण गर्नुभयो ।
चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले हालसम्म चीन सरकारले
काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भएको छलफलमा सो सहमति भएको राज्यमन्त्री श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । As a part of […]
रेडक्रस सोसाइटी अफ चाइनाले १ लाख डोज खोप भेरोसेल खोप नेपाल रेडक्रस सोसाइटीलाई सहयोगस्वरूप उपलब्ध गराएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।
काठमाडौँ - विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाली नागरिकले कोभिडविरुद्धको खोप १५ प्रतिशतले लगाएकोमा हर्षित भएको बताएका छन् । यस वर्षको अन्त्यसम्ममा ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको र विश्व स्वास्थ्य संगठनले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । …
काठमाडौं, साउन १३। अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनादएन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न उनले आग्रह गरेका हुन् । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थिए । सो […]
काठमाडौं (अस) । अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनादएन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न उनले आग्रह गरेका हुन् ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थिए । सो अवसरमा शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन समेत गरे ।
भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोगका लागि सकारात्मक रहेको उनले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।उनले चीन सरकारका तर्फबाट नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने पनि जनाइन् ।सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोप लगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग
अमेरिकी सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप जोनसन एन्ड जोनसन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार हस्तान्तरण गर्दै नेपालस्थित अमेरिकी राजदूत रयांदी बेरी । उपलब्ध खोप प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहका निःशुल्क दिइने छ । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो । सो […]
जेठ १८, काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ ।
चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले २ लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो ।
उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो खेपको खोप मंगलवार बिहान १०५ बाकस काठमाडौं ल्याइसकिएको छ । चीनको कुनमिङबाट ल्याइएको उक्त खोप बिहान ६ः२८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको हो ।
२ लाख मात्र खोप ४१७ ओटा बाकसमा राखिएको बताइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधवार पुनः चीन जानेछ । चार ओटा निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली २ करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिए ।
कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा १ करोड रुपैयाँ जम्मा गरेको थियो ।
यस्तै आम्दा हस्पिटल (दमक), लुम्बिनी प्रदेशस्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन मेमोरियल सामुदायिक हस्पिटललगायत संस्थालाई एयरलाइन्सले पिसिआर परीक्षण गर्ने मेसिन, पोर्टेबल भेन्टिलेटर, इन्फ्रारेड थर्मामिटर, पीपीई आदि सहयोग गरिसकेको छ । रासस
उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीले कोभ्याक्सअन्तर्गतको कोभिडविरुद्धको खोप छिट्टै उपलब्ध गराउन र अन्य सहयोग गर्न आग्रह गरेका थिए