थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन १३। अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनादएन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न उनले आग्रह गरेका हुन् । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थिए । सो […]

सम्बन्धित सामग्री

सहयोग बढाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

२४ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी)लाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् । एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँगको भेटमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएको भन्दै मन्त्री […]

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् । आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताए। ‘बजेट निर्माणपूर्व सरोकारवाला […]

ऋणसँगै प्रविधि पनि भित्र्याउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

१ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडीबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् । एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनामा अझै दातृ निकायको ऋण आवश्यक परेको बताए । […]

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् ।बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गर्नुभयो । कतै […]

‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे […]

नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएका भए तत्काल छाड्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । विहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह […] The post नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएका भए तत्काल छाड्न अर्थमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

विदेशमा शाखा खोल्न बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई विदेशमा शाखा खोल्न आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले विदेशमा शाखा खोल्न चाहने बैंकहरुलाई आफूले सहयोग गर्ने बताए ।“अहिलेसम्म नेपाली बैंकहरुले विदेशमा शाखा खोलेका छैनन् । दक्षिण कोरियामा तपाईंहरु कसले खोल्ने हो शाखा? शाखा खोल्नुस्, बरु भन्नुस् […]

आर्थिक पुनरुत्थानमा सघाउन आईएफसीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) लाई नेपालको आर्थिक पुनरुत्थानमा सघाउन आग्रह गरेका छन् ।  आईएफसीले बिहीबार आयोजना गरेको भर्चूअल बैठकमा अर्थमन्त्री शर्माले नेपाल सरकारको ध्यान अहिले कोरोना महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित रहेकाले आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् । आईएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उल्लेख गर्दै अर्थमन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथ

थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं (अस) । अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनादएन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न उनले आग्रह गरेका हुन् । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थिए । सो अवसरमा शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन समेत गरे । भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोगका लागि सकारात्मक रहेको उनले बताए ।