‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित सातौं धादिङ महोत्सव २०७६ फागुनमा हुने भएको छ । यस अघिका महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि भएको, राफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा पनि वृद्घि भएको होमस्टेको समेत संचालन आएको, होटल व्यवसाय संचालनमा वृद्घि भएको, कृषिमा औद्योगीकरण र व्यवसायीकरण गर्न तर्फ कृषकहरू पनि अग्रसर वन्दै गईरहेकोले सातौं धादिङ महोत्सव गर्न लागेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष रुद्रबहादुर (रामशरण) खत्रीले बताए ।