जलविद्युत र सोलार आयोजनाको हकमा प्राधिकरणको निर्णयको इप्पानद्वारा स्वागत

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले जलविद्युत र सोलार आयोजनाको हकमा गरेका निर्णयको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले  स्वागत गरेको छ । बोर्डले गरेको १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिदविक्री सम्झौता (पीपीए) खुल्ला गर्ने र त्यस्ता आयोजनाहरुले पीपीए गर्नको लागि पाइप लाइनमा बस्नुनपर्ने, पीपीए भइसकेका आयोजनाले २५ प्रतिशतसम्म क्षमता वृद्धि गर्न चाहेमा लेउ वा तिर अनुसार नै पीपीए गरिदिने तथा २५ प्रतिशत भन्दा धेरै क्षमता वृद्धि हुने अवस्थामा त्यो भन्दा माथिल्लो सीमाको पीपीए लिएपछि मात्रै तिर अन्तर्गत गर्ने निर्णय गरेको थियो ।  यसैगरी सौर्य ऊर्जा आयोजनाको पीपीए सीमा बढाउँदै जडित क्षमतामा १० प्रतिशतको सट्टा पीपीए भइसकेको जलविद्युत क्षमताको १० प्रतिशतसम्म सोलार आयोजनाको पीपीए गर्ने निर्णय गरेको थियो । यी सबै निर्णयहरुको इप्पानले स्वागत गरेको जनाएको छ । यो निर्णयले स्वदेशी लगानीमा निर्माण हुने साना आयोजना निर्माण प्रक्रियामा गई ग्रामिण अर्थतन्त्रको विकास मार्फत समग्र अर्थतन्त्र र रोजगारी सिर्जनमा ठूलो योगदान पुग्ने विश्वास इप्पानले बताएको छ ।  'आयोजनाको क्षमता बढाउन सक्ने निर्णय नेपालको जलस्रोतको अधिकत्तम उपयोगका लागि महत्वपूर्ण हुने र यसले निजी क्षेत्रले समेत क्षमता बढाउन सक्ने बाटो खुलेको छ । यो निर्णयसँगै निजी क्षेत्र अब पीपीए गरेर आयोजना निर्माणमा अग्रसर हुनेमा पनि हामी विश्वस्त तुल्याउन चाहन्छौ,' इप्पानले जारि गरेको विज्ञप्तीमा भनिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ बर्षमा १३ हजार ५ सय मेगावाट आन्तकरिक खपत तथा भारत र बंगलादेशमा १५ हजार मेगावाट बिजुली निर्यातसहित २८ हजार ५ सय मेगावाटको लक्ष्यसहितको मार्गचित्र तयार पारेको छ । सो लक्ष्य पूरा गर्नका लागि यो निर्णय सरकारको पहिलो महत्वपूर्ण कदमको रुपमा लिएको समेत इप्पानले उल्लेख गरेको छ ।  सो लक्ष्य हासिल गर्नका लागि थप बिजुली उत्पादनको आवश्यकता भएकोले अब छिट्टै सबै क्षमताका जलविद्युत आयोजनाहरुको पीपीए कुनै सीमा नराखी पूर्ण खुल्ला गर्ने भन्ने अपेक्षा पनि इप्पानले राखेको जनाएको छ । साथै विगत लामो समयदेखि विश्वभर देखिएको आर्थिक सुस्तताको असर नेपालमा पनि पर्दा बैंक तथा वित्तीय संस्थाले पीपीए भएका आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकेको, वित्तीय व्यवस्थापन भएका आयोजनालाई पनि समयमै रकम निकासा गर्न नसकेको, रुस युक्रेन युद्धका कारण मेसिनरी आयातमा असहजता भएको लगायतका कारणहरुले गर्दा समयमै आयोजना सम्पन्न गर्न समस्या भईरहेकोले आयोजनाहरुको व्यवसायीक विद्युत उत्पादन गर्नुपर्ने मितिको समयावधि दुई बर्ष थप्ने अपेक्षा लिएको इप्पानले भनेको छ ।

सम्बन्धित सामग्री

किन हटाइयो बबरमहल क्षेत्रका सोलार बत्ती ?

काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्।राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो।२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो। काठमाडौं महानगरपालिकाको राजश्व विभा

सोलार बत्ती जडान

रामपुर, २२ असार । समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार […]

सोलार प्यानल कसरी बन्दैछ पर्यावरणका लागि चुनौती ?

२५  जेठ, काठमाडौं । कार्बन उत्सर्जन कम गर्ने संघर्षमा सोलार प्यानललाई विश्वले निकै महत्वपूर्ण हतियारका रुपमा बढावा दिइरहेको छ, जबकि यसको आयू भनेको केवल २५ वर्ष मात्रै हुन्छ। त्यसैले स्वच्छ सौर्यउर्जा उत्पादनका लागि प्रयोग गरिने सोलार प्यानलको निर्माण तथा आयू सकिएका सोलार प्यानल लगायतका विद्युतीय फोहोरहरु निकट भविष्यमै ठूलो समस्या बन्ने देखिन्छ। अष्ट्रेलियास्थित न्यू साउथवेल्स विश्वविद्यालयमा […]

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

काठमाडौँ,२६ जेठ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा (सोलार)बाट विद्युत् पाएका छन् । डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए  । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार […]

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

जाजरकोट । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा (सोलार)बाट विद्युत् पाएका छन् । डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए  । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार खरिद […]

निःशुल्क सोलार वितरण

मान्म- मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पुर्‍याउन सोलार वितरण गरिएको हो । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताए । […]

कालिकोटको महावै गाउँपालिकामा निःशुल्क सोलार वितरण

मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालिकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अति विपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पु¥याउन सोलार वितरण गरिएको हो । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताइन् ।  “मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उनले भने, &ldqu

बाढीबाट अन्धकार भएको हेलम्बुलाई ‘हेल्प’को सोलार सहयोग

काठमाडौं । हेल्प नेपाल (हेलम्बु एजुकेसन लिभ्लिहुट पार्टनरसीप) ले मेलम्ची खोलामा आएको बाढीले अन्धकार बनाएको हेलम्बुमा सोलार वितरण गरेको छ । हेल्पले ‘एक घर एक सोलार’ अभियानको थालनी गर्दै सोलार वितरण गरेको हो । हेल्पले हेलम्बु गाउँपालिका १ को सम्पूर्ण वडा, २ को शेर्माथाङ, तक्माखर्क, कोलामा, शुगिन्चे र छिमी र ३ को शेरामा सोलार वितरण […]

वन्यजन्तुलाई पानी खुवाउन सोलार बोरीङ्

चितवन, ४ असार: चितवन राष्ट्रिय निकुञ्जको सुख्खा क्षेत्रमा वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरीङ् खनिएको छ । निकुञ्जको सुखिभारमा दुईवटा, डुमरियामा एउटा र अर्ना फाँटमा एउटा सोलार बोरीङ् खनिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार एउटा पोखरी सहितको सोलार बोरीङका लागि रु ७ लाख हाराहारी खर्च भएको छ । सुखिभार क्षेत्रमा एक […]

१७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति

विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश