नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भदाै २२ सम्म मन्त्रिमण्डल विस्तार नहुने संकेत गर्नुभएकाे छ । बिहीबार नेकपा (एस) को संसदीय दलको नेताको रुपमा पहिलो पटक पदभार सम्हाल्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, भदाै २२ गतेसम्म यस विषयमा कसैले चुँ पनि गर्दैन ।