विभिन्न जिल्लामा रहेका सहकारी संस्थाले हजारौँ बचतकर्ताको अर्बौं रकम हिनामिना गरेका छन् । यस विषयमा राजनीतिक आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान र कारबाही हुनुपर्छ । हाम्रो देशमा कानुनी कारबाही फितलो भएकाले ठगी धन्दामा लाग्नेलाई प्रोत्साहन मिलेको छ । कारबाही हुन्छ भन्ने डर रहेको भए अर्काले बचत गरेको पैसा यसरी हिनामिना गर्ने आँट कसैको हुँदैनथ्यो ।