अर्घाखाँची – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत भएको छ ।
तीन पदका लागि चुनाव प्रतिस्पर्धा गरेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का पाँच/पाँच जना र प्रतिनिधि सभाका नाै जना गरी १९ जनाकाे जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले बताउनुभयाे ।
अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्...