काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएसँगै गत चैतको दोस्रो सातादेखि नेपालमा लकडाउन सुरु भएको थियो । सो लकडाउनसँगै काठमाडौं उपत्यका ठप्प थियो । जसका कारण गीत संगीत रेकर्ड गर्ने सबैजसो रेकर्डिङ स्टडियो बन्द थिए । जेठको पहिलो साताबाट फाटफुट खुलेका रेकर्डिङ स्टुडियोमा यतिबेला गीत रेकर्डिङको चलहपहल बढेको छ । असार सुरु भएसँगै काठमाडौं उपत्यकामा …