दुई दिनअघि युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाका एक जना पक्राउ गरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ परे ।प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थाप