आज विशाल बजारको सेयर मूल्यमा उत्साह

काठमाडौं। आज सेयर बजारको परिसूचक घटेपनि विशाल बजार कम्पनीको सेयर भने बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार उक्त कम्पनीका सेयर बजार ९.९९ प्रतिशतले बढेको हो। यसरी बढेको विशाल बजारको कारोबार ५ हजार ८७९ रुपैयाँमा आएर कारोबार बन्द भएको छ। यसैगरी आज हिमालयन डिस्टीलरीको सेयर पनि ८ प्रतिशतले वृद्धि भएको छ।

सम्बन्धित सामग्री

विशाल बजारलाई महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं, १३ भदौ । विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । विशाल बजारको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको भन्दै महानगरले तत्काल नक्सा लिएर वडामा उपस्थित हुन निर्देशन दिएको हो । आजै मात्र महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडको बेसमेट खाली गरेको छ ।

विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो । विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई […]

विशाल बजारको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि.के.ले र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन्। २०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

विशाल बजार र सिनर्जी पावरका लगानीकर्तामा उत्साह

काठमाडौं। आज विशाल बजार र सिनर्जी पावर कम्पनीका लगानीकर्तामा उत्साह देखिएको छ। आज सेयर बजार १३ अंकले वृद्धि भएको दिन सिनर्जी पावर कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ। यस क्रममा पावर कम्पनीको अन्तिम कारोबार रकम ५१४ रुपैयाँ पुगेको हो। यसै गरी, आज नौ प्रतिशतले वृद्धि भएको विशाल बजारको सेयर कारोबार ६ हजार १७० रुपैयाँमा बन्द भएको छ।

विशाल बजारको सेयर बेच्न चाहनेको भीड

काठमाडौं। विशाल बजार कम्पनीको सेयर बेच्न चाहनेको भीड लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेसँगै बेच्न चाहनेको भीड लागेको हो। आजै ६७१ रुपैयाँ घटेर प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा आइपुगेको छ। सेयर मूल्य घटेपछि बेच्न चाहनेहरु बढी भएपनि किन्न चाहने कोही छैनन्। अहिले २ बजेर २० मिनेट जाँदासम्म कम्पनीको १ लाख ७५ हजार कित्ता सेयर बेच्न राखिएको छ।

विशाल बजारको सेयर बेच्न चाहनेको भीड

काठमाडौं। विशाल बजार कम्पनीको सेयर बेच्न चाहनेको भीड लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेसँगै बेच्न चाहनेको भीड लागेको हो। आजै ६७१ रुपैयाँ घटेर प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा आइपुगेको छ। सेयर मूल्य घटेपछि बेच्न चाहनेहरु बढी भएपनि किन्न चाहने कोही छैनन्। अहिले २ बजेर २० मिनेट जाँदासम्म कम्पनीको १ लाख ७५ हजार कित्ता सेयर बेच्न राखिएको छ।

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्जले माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट (बिहिबार) सेयर कारोबार हुनेछ । नेप्सेका अनुसार विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालू आव २०७७–७८ को पुस मसान्तसम्मको वित्ती

विशाल बजारको धितोपत्र दोस्रो बजार कारोबार फुकुवा

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विशाल बजार कम्पनी लिमिटेड (BBC)को दोस्रो बजार कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीको कुनै पनि बार्षिक प्रतिवेदन र

विशाल बजारको सटर भाडामा भ्रष्टाचार

सर्वोच्च अदालतले न्युरोडस्थित विशाल बजारको सटर भाडामा भ्रष्टाचार भएको ठहर्‍याएको छ । विशाल बजार कम्पनी सञ्चालक समितिका तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाइ देवेन्द्रलाल श्रेष्ठ र निजी सचिव रमेशमान श्रेष्ठले सटर भाडाका क्रममा भ्रष्टाचार गरेको गत जेठमा भएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।