विशाल बजार र सिनर्जी पावरका लगानीकर्तामा उत्साह

काठमाडौं। आज विशाल बजार र सिनर्जी पावर कम्पनीका लगानीकर्तामा उत्साह देखिएको छ। आज सेयर बजार १३ अंकले वृद्धि भएको दिन सिनर्जी पावर कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ। यस क्रममा पावर कम्पनीको अन्तिम कारोबार रकम ५१४ रुपैयाँ पुगेको हो। यसै गरी, आज नौ प्रतिशतले वृद्धि भएको विशाल बजारको सेयर कारोबार ६ हजार १७० रुपैयाँमा बन्द भएको छ।

सम्बन्धित सामग्री

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १३.८० अंकले बढेर २ हजार ९९४ दशमलब ४२ विन्दुमा पुगेको छ । आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।