भन्सार सुधार र आधुनिकीरणको लागि एडीबीले नेपाललाई साढे ६ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं, १४ असार। एसियाली विकास बैंक(एडीबी)ले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ। नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले ६ अर्ब ६० करोड रुपैयाँ बराबर ऋण स्वीकृति गरेको हो। अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ। भन्सार सुधार र आधुनिकीकरण योजनाको लागि सरकारले यो ऋण लिएको हो।

सम्बन्धित सामग्री

नेपाललाई साढे २६ अर्ब ऋण दिने विश्व बैंकको निर्णय

काठमाडौं। विश्व बैंकले दुई परियोजनाका लागि २ सय मिलियन अमेरिकी डलर (रू. २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैंकले जानकारी दिएको छ । ‘विश्व बैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैंकको इन्टरनेशनल डेभलपमेन्ट एशोसिएशन (आईडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौं,’ बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद–जर्भोसले भने ।  वाशिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये १ सय मिलियन (करीब रू. १३ अर्ब २५ करोड) रकम राजस्व संकलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारदर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ । प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन उक्त रकम प्रयोग गरिने बताइएको छ । यस्तै सय मिलियनभन्दा बढी रकम भने प्रादेशिक (मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मतसम्भारमा खर्च हुनेछ । त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्ने बताइएको छ ।

मौद्रिक नीतिलाई भारतको नीतिसँग जोड्नु राम्रो पक्ष

विदेशी मुद्रा सञ्चितिमा राम्रो सुधार भए पनि चालु खाता घाटामै देखिन्छ । अर्थतन्त्र सुस्त छ, किनकि २०७८ पुसदेखि २०७९ को पुससम्म बैंकहरुसँग ऋण दिने पैसा नै थिएन । २०८० जेठ मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुसँग कर्जा निक्षेप अनुपात (सिडी रेसियो) सुधार भएर ८४ सम्म आइपुगेको थियो । तर, लगानी नभएर बसेको अधिक तरलता (आइडल पैसा) थिएन […]

तराई सिँचाइ र सहरी प्रसारण प्रणाली सुधारका लागि जापानले १४ अर्ब ऋण दिने

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी दुई छुट्टाछुट्टै सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ ।  अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिँचाइ सुविधाका लागि चन्द्र नहर सिँचाइ प्रण

विद्युत् ग्रिड सुधारका लागि एडीबीले नेपाललाई थप सात अर्ब रुपैयाँ ऋण दिने

काठमाण्डाै – विद्युत् ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई थप सात अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । एडीबीले दिने ६० मिलियन अमेरिकी डलर अर्थात् सात अर्ब आठ करोड रुपैयाँको सम्झौतामा भोलि शुक्रवार हस्ताक्षर हुने अर्थ मन्त्रालयले जनाएको छ । यसअघि गएको वर्ष पनि यसै परियोजनाका लागि एडीबीसँग एक सय ५६ मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । परियोजना अन्तर्गत वर्तमान र भविष्यमा हुने विद्युतको माग पूरा गर्न, वितरण प्रणाली सुधार गर्न, चुहावट घटाउन र विद्युतको उपयोगमार्फत व्यापार घाट...

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको सहुलियत ऋण

विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको हो।

विश्व बैंकले ७ अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रमका लागि ६ करोड अमेरिकी डलर अर्थात् करीब ७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।  अर्थ मन्त्रालयमा बिहीवार आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरे । सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्या...

विश्व बैंकले १७ अर्ब ५५ करोड ऋण दिने

काठमाडौं । विश्व बैंकले कोभिड–१९ महामारीविरुद्ध लड्न करिब १७ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले कोरोना महामारीबाट प्रभावित सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन १५ करोड डलर ऋण सहयोग गर्ने प्रस्ताव पारित गरेको हो । कोरोना महामारीको प्रभावबाट नेपालको सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन...

‘फिक्स्ड व्याजदरमा पनि ऋण दिने व्यवस्था गर्नुपर्छ’

बैंकहरुले निक्षेप अभाव भन्दै यतिबेला बचतमा ९ प्रतिशतसम्म तथा मुद्दतीमा १२ प्रतिशतसम्म व्याज दिइरहेका छन्। यो दर आगामी दिनमा घट्न पनि सक्छ। यसले निक्षेपकर्तालाई फाइदा हुँदा ऋणीलाई भने असर पारिरहेको हुन्छ। यिनै सम्वन्धमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानासँग सेतोपाटीका कमल नेपालले गरेको कुराकानीः ‘क्रेडिट क्रन्च’को अवस्थामा सुधार आएको छ, कि उस्तै छ ? यतिबेला…

विश्व बैंकले ६ अर्ब ऋण दिने

विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब ६ अर्ब ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो ।