बाढीले बगायो कास्कीको सुपर मादी हाइड्रोका संरचना

केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाईड्रोमा क्षती पुर्याएको छ । मंगलवारको बाढीले निर्माणाधीन ४४ मेगावाटको सुपर मादी हाईड्रोको हेडबक्स, पावरहाउस लगायतमा क्षति पुर्याएको हो । सुपर मादी हाईड्रोका अध्यक्ष पुष्पज्वोति ढुंगानाका अनुसार कामदारको आवास एरिया लगायतमा पनि क्षती पुगेको छ । बाढीले एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसि प्लान्ट, हेभि जेनेरेटर लगायत पावरहाउस एरियामा क्षति पुर्याएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो आयोजनाले आगामी चैत्रमा...