साइबर ब्यूरो स्थापना गर्न कोरियाली सहयोग

काठमाडौं । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न ८० करोडभन्दा बढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गरेका छन् । उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले बताएको छ । कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी ६ वर्षभित्र पूरा गर्नेछ । कोरिया सरकारले सन् २०४७ देखि स्वास्थ्य, व्यावसायिक तालीम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । रासस

सम्बन्धित सामग्री

गणेश बस्नेत विरुद्ध उजुरी परेकाले सोधपुछ गर्न लागिएको हो : साइबर ब्यूरो

२७ भदौ, काठमाडौं। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको छ । बस्नेत विरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको हो । साइबर अपराधबारे उजुरी परेपछि उनीमाथि अनुसन्धानको प्रक्रिया प्रहरीले …

नक्कली फेसबुक आइडी बनाइ चरित्र हत्या गर्ने पक्राउ

काठमाडाैँ- प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ। सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ। उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक […]

नक्कली फेसबुक खोलेर महिलाको चरित्रहत्या गर्ने पक्राउ

प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ । सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी …

अत्याधुनिक बन्दै साइबर ब्यूरो, कारियाले दिएको १ अर्ब के मा हुन्छ खर्च ?

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाबीच नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना गर्न सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एवं नेपाल प्रहरी साइबर ब्यूरोका अधिकृतको समेत उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र गणतन्त्र कोरियाकोतर्फबाट नेपालका लागि...

दक्षिण कोरियाले दियो दुई अर्ब अनुदान सहायता

नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा आयोजित समझदारीपत्रमा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गर्नुभएको हो । कोरियाबाट नेपाल फर्कने कामदारको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र ‘नेपाल प्रहरीको …

दुई परियोजनाका लागि दक्षिण कोरियाले २ अर्ब अनुदान दिने

७ असोज, काठमाडौं । दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनःएकीकरणका लागि साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थमन्त्रालयले जनाएको छ । दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी […]

साइबर ब्यूरो व्यवस्थित गर्न कोरियाले ८० करोड सहयोग गर्ने

काठमाडौं : साइबर ब्यूरो व्यवस्थित गर्न दक्षिण कोरियाले ८० करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) का निर्देशक सुनहुन कोले र गृह सचिव टेकनारायण पाण्डेले सहयोगसम्बन्धी सम्झौतामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराधविरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रा

साइबर ब्यूरो कै नक्कली फेसबूक बनाएर अपराध गर्ने प्रज्वल पक्राउ

साइबर ब्यूरो कै नक्कली फेसबुक बनाएर अपराध गर्ने एक जनालाई ब्यूरोले कपिलवस्तुबाट पक्राउ गरेको छ । सामाजिक सञ्जालमा बढ्दै गएको अपराधलाई नियन्त्रण गर्न गत बैशाखदेखि स्थापना भएको साइबर ब्यूरो कै लोगो प्रयोग गरेर नक्कली फेसबुक बनाएर आपराधिक लाभ लिएको आरोपमा कपिलबस्तु वाणगंगा नगरपालिका –२ का १८ बर्षीया प्रज्वल पोखरेललाई फागुन १३ गते पक्राउ गरेको ब्यूरोले जनाएको छ ।  ब्यूरोको नक्कली फेसबुकबाट सर्वसाधारणसँग कुराकानी गरेर प्रहरीको बदनाम गरेको भन्दै पक्राउ गरेको हो ।  प्रज्वललाई विद्युतिय कारोबार ऐन–२...

प्रहरीको साइबर ब्यूरो नै साइबर अपराधबाट पीडित

साइबर अपराध सम्बन्धि अनुुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरो नै साइबर अपराधमा पीडित बन्न पुगेको छ । ब्यूरोको नाममा नक्कली फेसबुक आइडी बनाएर सर्वसाधरणसँग पैसा माग्ने काम भएको छ ।  यस्तो...