काठमाडौं : साइबर ब्यूरो व्यवस्थित गर्न दक्षिण कोरियाले ८० करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) का निर्देशक सुनहुन कोले र गृह सचिव टेकनारायण पाण्डेले सहयोगसम्बन्धी सम्झौतामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराधविरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रा