तीनै तहका निर्वाचन शान्तिपूर्ण हुनेछः प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र सम्पन्न हुने तीन तहका निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसका अवसरमा आइतबार उहाँले तीनै तहका निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सरकार लागिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “सरकारको यो निर्वाचन अभियानलाई सफल पार्न सशस्त्र प्रहरीको अहं भूमिका छ, सशस्त्र प्रहरी सङ्गठनप्रति आमनागरिकको भरोसा पनि रहेको छ ।” आमनागरिकको जीउधनको सुरक्षा र मुलुकमा शान्ति अमनचयन कायम गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति गरी जीउधनको रक्षाका लागि अहोरात्र खटेर काम गर्र्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

सम्बन्धित सामग्री

छैटौँ पटक प्रम बन्ने तयारीमा देउवा

काठमाडौं, पुस ७ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति देउवाले पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “निर्वाचन समिति र पार्टीका साथीहरूलाई मलाई विजयी गराउनुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। अब नेपाली कांग्रेसलाई सुदृढ रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई […]

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद : प्रम देउवा

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका […]

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रम देउवा

काठमाडौँ,१ मँसिर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् । उनले सन्देशमा […]

प्रमुख निर्वाचन आयुक्तको निर्देशन : फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।  आयोगले कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी सतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुबारे कारबाही गर्ने कुरामा पछि नहट्न आयोगको निर्देशन छ ।शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रम

निर्वाचन सफल भएकोमा सरकार र आयोगलाई प्रम देउवाको धन्यवाद

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । देउवाले निर्वाचन सफल भएकोमा सरकार र निर्वाचनलाई आयोगलाई धन्यवाद ज्ञापन गरे ।उनले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गरेमा धन्यवाद दिए । देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न

निर्वाचन समयमै हुन्छ, शंका गर्नु पर्दैन : प्रम

स्याङ्जा – प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समय सीमाभित्रै स्थानीय तहसहित सबै तहको निर्वाचन हुने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन हुने कुरमा शंका नगर्न समेत सबैमा आग्रह गरे ।“करिब दुई तिहाई जनमत नजिकको ओली सरकारले असंवैधानिक तबरबाट पटक–पटक प्रतिनिधिसभा भंग गरेपछि विशेष परिस्थितिमा […]

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनौँः प्रम देउवा

काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्। महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको […]