विदेशी मुद्रामा ऋण ल्याउँदै सरकारी बैंक

काठमाडौं । उच्च शोधनान्तर घाटाका कारण विदेशी विनिमय सञ्चिति घटिरहेका बेला अर्थ मन्त्रालयले सरकारी स्वामित्वको बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउन स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकलाई अधिकतम १० करोड अमेरिकी डलरसम्म वैदेशिक ऋण ल्याउन सहमति दिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले निजी बैंकले विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसीले अर्थको स्वीकृतिसँगै ऋण लिनका लागि प्रक्रिया अघि बढाउन बैंकलाई बाटो खुलेको बताए । राष्ट्रिय वाणिज्य बैंकका अनुसार सैद्धान्तिक सहमतिअनुरूप दुई किस्तामा उक्त ऋण लिने तयारी छ । अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर ऋण ल्याउने पनि बैंकले बताएको छ । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आवश्यकताका आधारमा ऋण लिने प्रक्रिया यसै महीनाबाट शुरू गरिने बताए । ‘कति प्रतिशत ब्याजदरमा ऋण दिन को को इच्छुक छन् र कुन निकायसँग लिन सकिन्छ यसबारे आशयपत्रका लागि बोलपत्र आह्वान गर्दै छौं,’ उनले भने । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यसअघि विदेशबाट ऋण ल्याएको छैन । यो नै पहिलोपटक हो । केही समयअघि राष्ट्रिय वाणिज्य बैंकको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई ऋण ल्याउन आफूले सहयोग गर्ने बताएका थिए । यसबाट बैंकिङ प्रणालीमा देखिएको तरलता संकट र विदेशी मुद्रा सञ्चितिमा गहिरिएको समस्या एकैपटक समाधान हुने विश्वास छ । तीन वर्षअघि पनि यस्तै तरलताको अभाव भएपछि ९ वित्तीय संस्थाले विदेशबाट ऋण ल्याएका थिए । मेगा, सनराइज, लक्ष्मी, माछापुच्छ्रेे, ग्लोबल आईएमई र एनएमबी बैंकले विदेशबाट ऋण ल्याइसकेका छन् । यसैगरी, गतवर्ष निर्धन उत्थान, आरएमडीसी र मानुषी लघुवित्तले विदेशबाट ऋण ल्याएका थिए । अहिले पनि तरलता अभाव गहिरिएपछि वाणिज्य बैंक र लघुवित्तले विदेशबाट ऋण ल्याउन तयारी थालेका छन् । विदेशबाट रकम ल्याउन ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रूपसँग समझदारी गरेको छ । बजारमा लगानीयोग्य रकम अभाव भएपछि स्रोत व्यवस्थापनको विकल्पमा राष्ट्र बैंकले २०७४ चैतमा बैंक तथा वित्तीय संस्थाले विदेशबाट परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउन सक्ने व्यवस्था गरेको थियो । यसअघि एनएमबी बैंकले आईएफसीबाट ऋण ल्याएको थियो । लक्ष्मी बैंकले दोहा बैंक, दुबईबाट वैदेशिक ऋण ल्याएको थियो । बैंकहरूले आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन सक्ने प्रावधान छ । बैंकहरूले उक्त ऋण नवीकरणीय ऊर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार, विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषिक्षेत्र, साना तथा मझौला उद्योग, अन्य उत्पादनमूलक उद्योग र उत्पादनमूलक क्षेत्रका साथै लघुवित्त क्षेत्रमा लगानी गर्न पाउँछन् । विदेशी बैंकका साथै स्वीकृति प्राप्त पेन्सन फन्ड, हेज फन्डलगायतबाट समेत बैंकहरूले ऋण लिन पाउने सुविधा छ । विदेशबाट लिने कर्जाको ब्याजदर ६ महीनाको अन्तरबैंक दरमा ४ प्रतिशत थप गरी निर्धारण हुनुपर्छ । १ देखि ५ वर्ष अवधिको यो कर्जाका लागि धितो जमानत तथा बैंक ग्यारेन्टी दिन नपाइने प्रावधान छ ।

सम्बन्धित सामग्री

विदेशीको जमानतमा ऋण दिन राष्ट्र बैंकको स्वीकृति नचाहिने

२६ माघ, काठमाडौं । कर्जा प्रदान गर्ने उद्देश्यले विदेशी बैंकबाट जारी भएको बैंक जमानत वा वित्तीय जमानत बैंकहरूले स्वीकार गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधन गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो । ‘बिड बन्ड’ र ‘पर्फर्मेन्स बन्ड’ जस्ता कर्जा प्रवाह नगर्ने […]

विदेशी लगानी र ऋण व्यवस्थापन विनियमावली संशोधन गरिने

७ असार, काठमाडौं । मुलुकमा विदेशी लगानी अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकले थप कानुनी सहजीकरण गर्ने भएको छ । आइतबार घोषणा गरिएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिने मौद्रिक नीतिमा भनिएको छ । नेपाल सरकारको आर्थिक वर्ष […]

विदेशी ऋण ल्याउने बैंकलाई ‘डेरिभेटिभ्स’ कारोबारमा सहुलियत

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउन बैंकलाई 'डेरिभेटिभ्स' कारोबारमा सहुलियत दिएको  छ ।

सानिमा बैंकले २ करोड अमेरिकी डलर विदेशी ऋण भित्र्यायो

सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस.फइका अनुसार यस ल

विदेशी मुद्रामा ऋण ल्याउँदै सरकारी बैंक

काठमाडौं, बैशाख १९। उच्च शोधनान्तर घाटाका कारण विदेशी विनिमय सञ्चिति घटिरहेका बेला अर्थ मन्त्रालयले सरकारी स्वामित्वको बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउन स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकलाई अधिकतम १० करोड अमेरिकी डलरसम्म वैदेशिक ऋण ल्याउन सहमति दिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले निजी बैंकले विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो […]

विदेशी मुद्रामा ऋण लिन बैंक ग्यारेन्टी

विदेशमा कारोबार सञ्चालन गरी देशभित्र विदेशी मुद्रा भित्र्याउने कम्पनीहरुलाई विदेशमा ऋण लिनका लागि नेपाली बैंकहरुले बैंक ग्यारेन्टी दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गर्दै ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्ने प्रावधानलाई खुकुलो बनाएको हो ।यसअघि ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्न नपाउने व्यवस्था थियो । राष्ट्र बैंकले […]

व्यवसायिक फर्महरुले अब विदेशी मुद्रामै ऋण लिन पाउने

विदेशी मुद्रा आम्दानी गरेका नेपाली फर्म, कम्पनी तथा संघ संस्थाहरुले अब चाहेमा विदेशी मुद्रामा नै ऋण लिन पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भित्र्याउने सम्बन्धमा विदेशी ऋण समेत लिन सकिने व्यवस्था गर्दै व्यवसायिक फर्म तथा कम्पनी, संघ संस्थाहरूका लागि बैंक ग्यारेन्टी वा स्ट्यान्डवाई लेटर अफ क्रेडिट जारी गर्न स्वीकृति गर्ने व्यवस्था गरेसँगै यस्तो बाटो खुलेको हो । मंगलबार एक सूचना जारी गर्दै बैंकले विदेशी मुद्रा आर्जन तथा ऋण लिने सम्बन्धमा बैंक स्वीकृति प्रदान गर्न सकिने व

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक : परिसंघ

नेपाल राष्ट्र बैंकले २०७८ जेष्ठ २६ गते जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउने र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकोमा परिसंघले स्वागत गरेको जनाएको छ । “परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै […]

विदेशी ऋण भुक्तानीको सटही सुविधाका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी ऋण भुक्तानीको लागि सटही सुविधा दिन केन्द्रिय बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंक बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन विनियमावली २०७८ जारी गर्दै मुद्राको सटही सुविधाका लागि कागजात सहितको निवेदन बैंक तथा वित्तीय संस्थालाई दिनुपर्ने जनाएको हो ।यो विनियमावली बमोजिम विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्था र विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/ संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्था फरक परेमा विदेशी मुद्रा प्राप्त गर्ने बैंक त

ऋण उठाउँदै सरकार

सरकारले १२ माघदेखि ८ फागुनसम्म ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। बजेटमा घोषणा गरिएका कार्यक्रम तथा विकास आयोजनाको खर्च जुटाउन राजस्वले नथेग्ने भएपछि सरकारले ऋण उठाउँछ। अर्थ मन्त्रालयले राजस्वले नथेग्ने बजेट बनाएपछि बाँकी खर्च जुटाउन विदेशी अनुदान र विदेशी ऋण खोज्छ। त्यसले पनि नधान्ने अवस्थामा स्वदेशभित्रैका बैंक तथा वित्तीय संस्था र नागरिकबाट यस्तो ऋण लिने गर्छ। हरेक वर्ष सरकारले स्वदेशी बजारबाट ऋण उठाउने गरेको छ।  यो वर्ष २ खर्ब २५ अर्ब ऋण उठाउने योजना बनाएको सरकारले त्यसको झन्डै एक चौथाइ रकम अबको एक मह...