वीरेन्द्रका पाला थालेको कुलोमा पानी

कचल फाँटमा सिँचाइ कुलो ल्याउन श्रमदान गर्नेमध्येमा वीरबहादुर बगाले मगर पनि थिए । चार घण्टा टाढाबाट सामान ल्याएर कुलो बनाएको उनलाई सम्झना छ । तर, काम सकिएला भन्दाभन्दै ३६ वर्ष बित्यो । ‘म बूढो भएँ, बल्ल आएर कुलोमा पानी चलेको छ,’ तिनाउ गाउँपालिका–१, कचल फाँटका ६५ वर्षीय मगरले भने, ‘अझै शाखा नहर विस्तार हुने कहिले हो, थाहै छैन ।’

सम्बन्धित सामग्री

‘खेत बाँझै छ, भारतबाट चामल किनेर खानुपर्छ’

डुडुवा नहरको सुरुवात हाम्रो बाजेको पाला अर्थात् २०१७ सालदेखि भएको हो । हाम्रा हजुरबाजे र बुवाहरूले डुडुवा खोलाको पानी ल्याएर खेतबारीमा बाह्रैमास खेती गर्ने चाहना गर्नुभएको थियो । तर अहिलेसम्म पनि हामीले सुक्खा र खडेरीको …

ऐतिहासिक चिनाकोटमा पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित ऐतिहासिक स्थल चिनाकोटमा पूर्वाधार निर्माण गरिएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ बजेटमा स्थानीयले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण गरेका हुन् । चिनाकोट घुम्न आउने पाहुना तथा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर रोकाले जानकारी दिए । ‘सेप्रेको मुहानबाट तीन वटा इन्टेक, ४ हजार ५०० लिटर क्षमताका दुई वटा रिजर्भ ट्यांकी बनाएर २ हजार ५ सय मिटर पाइपबाट ल्याइएको पानी उपभोगका लागि एक धारा बनाएका छौं’, उनले भने, ‘दायाँबाँया दुवैतर्फ रेलिङसहितको ९० मिटर पक्की र ७५ मिटर ढुंगाको सिँढी भएको पदमार्ग निर्माण गरेका छौं ।’      सार्वजनिक शौचालय पनि निर्माण गरिएको छ । पूर्वाधार निर्माण भएपछि अप्ठ्यारो र भिरालो ठाउँमा जोखिम मोलेर हिँड्नुपर्ने, पिउने पानी बोकेर जानुपर्ने, शौचालयको समस्यासमेत हटेको उपभोक्ता समितिका सचिव कमल रोकाले बताए । ‘बस्तीदेखि टाढा र उच्च स्थानमा रहेको चिनाकोटमा पिउने पानीको समस्या थियो’, उनले भने, ‘खानीगाउँ, दुर्दी, बाहुन पँधेरा र थर्पुका ५३ जनाले दुई महिनासम्म श्रम गरेर पूर्वाधार तयार पारेका हाैं ।’      भू–तथा जलाधार व्यवस्थापन कार्यालयको यहाँस्थित सम्पर्क एकाइका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा २० लाख बजेट विनियोजन भएकामा आयोजना व्यवस्थापन खर्चबापतको ८० हजार घटाएर १९ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।      समुद्री सतहदेखि २ हजार २०० मिटरको उचाइमा अवस्थित चिनाकोटमा बाइसे चौबीसे राज्यका पाला दरबार थियो । ऐतिहासिक महत्वका खुडा, तरबार, ढाल, खुकुरीलगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित राखिएको छ । यहाँ रानीले कपाल कोर्ने ठाउँ, पानी राख्ने पँधेरा, सुरक्षाका लागि बनाइएको सुरुङ र दरबारका भग्नावशेष छन् ।      चिनाकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका हिमाल, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्ती र वनजंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसको महत्वबारे प्रचार–प्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन जोड दिइएको चिनाकोट युवा क्लबका अध्यक्ष गमश रोकाले बताए । चिनाकोट नजिकैको झाँक्रीपानीसम्म सडक यातायातको सुविधा छ । झाँक्रीपानीमा होमस्टे (घरबास) सुविधा पनि छ । गाउँपालिकाले दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र सामुदायिक भवन निर्माण गरेको छ । बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ । झाँक्रीपानी र चिनाकोटलाई पदमार्गले जोडिएको छ । रासस

पानी थामिनेबित्तिकै माटाका भाँडा सुकाउन व्यस्त भक्तपुरका कुम्हालेहरु (तस्बिरहरु)

काठमाडौँ– यतिबेला काठमाडौँ उपत्यकाको पुरानो सहर भक्तपुरमा कुम्हालेहरु माटोका भाँडा बनाउन व्यस्त छन्। भक्तपुरको पोटरी स्क्वायरमा कुम्हालेहरु माटोका भाँडा बनाउँछन्। केही दिनदेखि लगातार वर्षा भइरहँदा बनाइएका माटोका भाँडा उनीहरुले सुकाउन पाएका थिएनन्। मंगलबार दिउँसो घाम लागेपछि माटोका भाँडा सुकाइएको थियो। दसैँ–तिहारजस्ता पर्वमा माटोको पाला, खुत्रुके लगायतको माग हुन्छ। तर पछिल्लो समय माटोका भाँडाको प्रयोग माकम […]

मूल सुके, मासिए सम्पदा

बागलुङको काठेखोला गाउँपालिका–१, पाला आर्कोटको सार्वजनिक जग्गामा चारवटा पोखरी छन्। चार पोखरीमध्ये एउटा पोखरीमा मात्रै नियमित पानी हुन्छ। अन्य तीनवटामा कमिला हिँड्ने अवस्था छ। कुनै बेला भैँसी आहाल राख्न झगडै गर्नुपर्ने आर्कोट क्षेत्र अहिले गोठालो जाने साथी पाउन मुस्किल हुन्छ।