पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए । पहाडी भेगका विपन्न समुदायका उहाँको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भने, “हामीलाई त पोलेको घाउ कसरी सञ्चो होला भ