काठमाडौँ – पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए । पहाडी भेगका विपन्न समुदायका उनको शल्यक्रिया […]