विस्फोटमा घाइते बालकको छाला प्रत्यारोपण

पाँचथरको फालेलुङ ५ डाँडागाउँमा भदौ १३ गते भएको बम विस्फोटका कारण घाइते भएका २ जना बालकको छाला प्रत्यारोपण गरिएको छ ।काठमाडौं कीर्तिपुर अस्पतालका जलन शाखामा उपचार गराईरहेका उनीहरूको छाला प्रत्यारोपण गरी जनरल वार्डमा सारिएको अस्पताल प्रमुख डाक्टर शंकरमान राईले जानकारी दिए ।