नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा.उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्